बेलबारीमा ट्राफिक प्रहरिको सवारी चालक जाँच अभियान: ४ जना लागुऔषध सेवनकर्ता र १ जना मापसेमा पक्राउ

बेलवारि / मोरङको बेलबारी स्थित ट्राफिक पोस्ट अगाडि २८ गते दिउँसो सञ्चालन गरिएको सवारी चालक जाँच अभियानमा लागुऔषध परीक्षण किट प्रयोग गरी जाँच गर्दा ४ जना मोटरसाइकल चालक लागुऔषध सेवन गरेको अवस्थामा फेला परेका छन् भने १ जना चालक मादक पदार्थ सेवन (मापसे) गरेको अवस्थामा भेटिएका छन्।

ट्राफिक प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रविण खड्काका अनुसार नियमित सवारी जाँचलाई कडाइका साथ सञ्चालन गर्ने क्रममा शंकास्पद चालकहरूलाई परीक्षण गर्दा उक्त परिणाम आएको हो। परीक्षणपछि नियन्त्रणमा लिइएका चालकहरूलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय बेलबारी पठाइएको जानकारी उनले दिए।

ट्राफिक प्रहरीले सवारी चालकहरूलाई नियम पालना गर्न, लागुऔषध तथा मादक पदार्थ सेवन गरी सवारी नचलाउन आग्रह गर्दै यस्ता जाँच अभियानलाई निरन्तरता दिइने जनाएको छ।




Leave a Reply

Your email address will not be published.