पथरीशनिश्चरेमा मौजुदा ऐन कानून तथा सामुदायिक वन प्रकृया कार्यशाला गोष्ठी र लेखा तालिमको उद्घाटन

पथरी / मोरङको पथरीशनिश्चरेमा ‘मौजुदा ऐन, कानून तथा सामुदायिक वन प्रक्रिया’ विषयक कार्यशाला गोष्ठी र लेखा तालिमको उद्घाटन गरिएको छ। सामुदायिक वन उपभोक्ता महासंघ नेपाल नगर महासंघ पथरीशनिश्चरेको आयोजनामा आयोजित कार्यक्रममा पथरीशनिश्चरे नगरपालिकाका नगरप्रमुख मोहन तुम्वापोको प्रमुख आतिथ्यता रहेको थियो ।

वडा नं १० स्थित डांस मोरङ्गि सामुदायिक बनको सभाहलमा आयोजित कार्यक्रममा नगरप्रमुख मोहन तुम्वापो, डिभिजन बन कार्यालय मोरङका प्रमुख उत्सव थापा,सामुदायिक बन उपभोक्ता महासंघका केन्द्रीय उपमहासचिव सीता श्रेष्ठ, सामुदायिक बन उपभोक्ता महासंघ कोशि प्रदेश अध्यक्ष तुलसि संग्रौला, सामुदायिक बन उपभोक्ता महासंघ मोरङका कार्यवाहक अध्यक्ष मदन पोख्रेल लगायतका बक्ताहरुले सुभकामना मन्तव्य राखेका थिए । बक्ताहरुले सामुदायिक वन व्यवस्थापनमा कानुनी स्पष्टता, ऐनसम्बन्धी प्रावधानको जानकारी र लेखा पारदर्शिताको आवश्यकता औँल्याउँदै यस्ता तालिमले वन उपभोक्ता समूहलाई सक्षम बनाउने बताए।

बुधवार र बिहिवार कार्यशाला गोष्ठी तथा शनिबार, आइतवार र सोमवार अध्यक्ष,कोषाध्यक्ष र कार्यालय सचिवका लागि लेखा तालिम सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ । कार्यक्रममा पथरीशनिश्चरे नगरका ११ वटा सामुदायिक बनका अध्यक्ष र सचिव त्यस्तै नगर महासंघका पदाधिकारी लगायतको सहभागिता रहेको थियो।

कार्यशालामा मौजुदा ऐन, प्रचलित कानून, सामुदायिक वन सञ्चालन प्रक्रिया र लेखा व्यवस्थापनबारे सहजीकरण गरिने आयोजकले जनाएको छ। सामुदायिक बन उपभोक्ता महासंघ पथरीशनिश्चरे नगरअध्यक्ष मैनादेवि फुयाफ(आचार्य)को अध्यक्षता रहेको उक्त कार्यक्रममा डांस मोरङ्गि सामुदायिक बन उपभोक्ता समितिकि कार्यालय सचिव सरिता कार्कि (कटुवाल)ले स्वागत मन्तव्य राखेकि थिइन । कार्यक्रमलाई पथरीशनिश्चरे नगरपालिकाको सहयोग रहेको थियो।




Leave a Reply

Your email address will not be published.