श्रम संस्कृति पार्टीद्वारा उपसभामुखमा दाबी, महिला उम्मेद्वार उठाउने घोषणा

काठमाडौं / प्रतिनिधिसभाको उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीले दाबी प्रस्तुत गरेको छ। पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीबाट महिला उम्मेदवार खडा गर्ने घोषणा गरेका हुन्।

उनले प्रतिनिधिसभाको सभामुख निर्विरोध चयन भएकोमा बधाई ब्यक्त गरिसकेको जानकारी दिदै उपसभामुख चयनका लागि निर्वाचन हुने भएकाले आफ्नो पार्टी सक्रिय रूपमा प्रतिस्पर्धामा उत्रिने बताएका छन्।

अध्यक्ष साम्पाङले नयाँ राजनीतिक दलहरूको भूमिकालाई संकेत गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पार्टीका उम्मेदवारलाई समर्थन गर्ने विश्वास समेत व्यक्त गरेका छन्। उनले “नयाँले नयाँलाई समर्थन गर्छ कि पुरानै शक्तिलाई” भन्ने प्रश्न उठाउँदै सम्भावित मत परिणामबारे पनि चासो व्यक्त गरेका छन्।

उपसभामुख चयनको निर्वाचन नजिकिँदै गर्दा दलहरूबीच समर्थन र समीकरणको खेल थप रोचक बन्ने देखिएको छ।




Leave a Reply

Your email address will not be published.