पथरी / मोरङ प्रहरीले जेन्जि न्दोलनका क्रममा फरार रहेका लागूऔषध मुद्दाका दुई प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ।जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारीअनुसार, भदौ २३ र २४ गतेको ZEN-Z आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय पथरी मोरङको हिरासतबाट फरार भएका दुई जनालाई विशेष प्रहरी टोलीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार फरार रहेका प्रतिवादीहरूलाई लुकीछिपी बसेको अवस्थामा चैत १९ गते उनीहरूकै घरबाट पक्राउ गरिएको हो। पक्राउ परेकामाथि आवश्यक अनुसन्धान कार्य अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। पक्राउ पर्नेहरूमा लेटाङ नगरपालिका–३ का २४ वर्षीय सुवर्ण राई र १९ वर्षीय सुमन राई रहेका छन्।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पथरीमा राखिएको जानकारी दिएका छन्।