विराटचोकः १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत मंगलबार भएको नेपाल र भुटानबीच भएको खेलमा भुटानले नेपालको भन्दा धेरै गोल गर्ने अवसर पाए पनि त्यसको सदुपयोग गर्न सकेन ।
नेपालले २ गोल गर्दा भुटानले १ गोल गरेको सो प्रतियोगितामा भुटानले १२ गोल सट प्रहार गर्दा नेपालले ७ गोल सट मात्रै प्रहार गरेको थियो । त्यस्तै, गोल सटको ‘टार्गेट’ नेपालले ६ पटक गर्दा भुटानले भने ५ पटक गरेको थियो ।
सो प्रतियोगितामा भुटानले १५ पटक ‘फउल’ खेल्दा नेपालले ११ पटक ‘फउल’ गरेको थियो । पहेँलो कार्ड दुवै टिमले समान २÷२ ओटा पाउँदा रातो कार्ड भने कुनै पनि टिमले पाएनन् । नेपालले ४ पटक अफ साइड खेल्दा भुटान १ पटक मात्रै अफ साइड भएको थियो । कर्नर प्रहार भने भुटानले ४ पटक पाउँदा नेपालले ३ पटक मात्रै पाएको थियो ।