काठमाडौंः मानव विकास सूचकाङ्कमा नेपाल १ सय ४७ औं स्थानमा उक्लिएको छ । गत वर्ष नेपाल २ स्थान तल अर्थात् १ सय ४९ औँ स्थानमा थियो ।
संयुक्त राष्ट्र विकास कार्यक्रमको रिपोर्टअनुसार नेपाल मध्यम मानव विकास सूचकाङ्कमा समावेश छ ।
नेपालीको औसत आयु साढे ७० वर्ष रहेको छ ।
प्रतिवेदन अर्थमन्त्री खतिवडाले सार्वजनिक गरेका छन् ।