जुडोमा पुनमलाई स्वर्ण


तस्बिरः राष्ट्रिय खेलकुद परिषद
काठमाडौंः १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत जुडोमा नेपालकी पुनम श्रेष्ठले स्वर्ण जितेकी छिन् ।

लगनखेलस्थित आर्मीको कभर्डहलमा महिला ७८ केजीमुनि तौल समूहमा उनले स्वर्ण जितेकी हुन् । यस स्पर्धामा भारतले रजत र श्रीलंकाले दुवै कास्य जितेको छ ।

यस्तै, महिला ७० केजी तौल समूहमा नेपालकी विनिता मगरले रजत जितेकी छिन् । यस स्पर्धामा भारतले स्वर्ण र श्रीलंकाले कास्य जितेको छ । पुरुष ९० केजी तौल समूहमा नेपालका श्रीराम मकाजूले कास्य जिते । भारतले स्वर्ण जित्दा पाकिस्तानले रजत जितेको छ ।

पुरुष १ सय केजी तौलमाथि  नेपालका राजन जोशीले कास्य जिते ।