सागमा गौरिकाको ऐतिहासिक ४ स्वर्ण

तस्बिरः राष्ट्रिय खेलकुद परिषद

काठमाडौंः १३ औं दक्षिण एशियाली खेलकुद सागमा पौडीतर्फको स्पर्धामा नेपालकी गौरिका सिंहले सर्वाधिक ४ स्वर्ण पदक जित्दै नयाँ कीर्तिमान बनाएकी छिन् ।

एकै प्रतियोगिताका विभिन्न इभेन्टमा ४ स्वर्ण पदक जित्दै नयाँ कीर्तिमान बनाएकी हुन् । पौडी स्पर्धाको अन्तिम दिन सोमबार १ सय मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जित्दै एकै संस्करणमा सर्वाधिक चार स्वर्ण जित्ने पहिलो खेलाडी बनेकी हुन् । यसअघि आइतबार ३ पदक जितेर रेकर्ड बनाएकी उनले भोलिपल्टै आफ्नो रेकर्ड तोडेकी हुन् ।

गौरिकाले ५८ दशमलव १३ सेकेन्डमा निर्धारित दूरी पूरा गरी चौथो स्वर्ण हात पारेकी हुन् । यस स्पर्धामा भारतकी सिवांगी शर्माले ५८ दशमलव १५ सेकेण्डमा दूरी पूरा गर्दै रजत र भारतकै एनी जैनले ५९ दशमलव ०४ सेकेण्डमा दूरी पूरा गरी कास्य पदक जितिन् ।