टेनिसका सबै स्वर्ण जित्यो भारतले

काठमाडौंः १३ औँ सागअन्तर्गत टेनिसका सबै स्वर्ण भारतले जितेको छ । पुरुष सिंगल्स, महिला सिंगल्स, पुरुष डबल्स, महिला डबल्स, मिक्स्ड डबल्स, पुरुष टिम इभेन्ट र महिला टिम इभेन्ट समावेश टेनिसका सबै स्वर्ण भारतले जित्यो ।

टेनिसमा भारतले ५ रजत जित्यो भने श्रीलंका र पाकिस्ताले पनि १–१ रजत पदक हात पारे । नेपालले ५ कास्य पदक जित्दा पाकिस्तानले ६ तथा भुटानले १ कास्य हात पा¥यो ।