नेपाली क्रिकेट टिमलाई ऐतिहासिक विजयपछि डा. सुनिल शर्माद्वारा सम्मान

काठमाडौं / नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले वेस्ट इन्डिजविरुद्धको त्रिदिवसीय युनिटी कप सिरिज मा ऐतिहासिक विजय हासिल गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई खेलमैदानमै पुगेर बधाई तथा सम्मान गरेका छन्।

नेपालले दुई पटकको विश्वकप विजेता तथा टेस्ट मान्यता प्राप्त वेस्ट इन्डिज टिमलाई लगातार दुई खेलमा पराजित गर्दै सिरिज उपाधि आफ्नो पक्षमा पारेको थियो। यस ऐतिहासिक क्षणमा डा. शर्माले म्यान अफ द म्याच असिफ शेखलाई पुरस्कार हस्तान्तरण गर्दै सम्पूर्ण टिमको साहस, समर्पण र ऐतिहासिक प्रदर्शनको प्रशंसा गरे।

उनले भने, : “क्रिकेट खेलको क्षेत्रमा नेपालले नयाँ उचाइ प्राप्त गरेकोमा म गर्ववान्मित छु। यसले मुलुकको छवि र गौरवलाई विश्वभर उजागर गरेको छ।”

सामान्यतया यस्ता ऐतिहासिक खेलहरूमा प्रधानमन्त्री ,खेलमन्त्री वा आयोजक प्रमुखद्वारा पुरस्कार हस्तान्तरण गर्ने चलन रहँदै आएको भए पनि यसपटक नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिल शर्माले पुरस्कार हस्तान्तरण गरेका थिए।

कार्यक्रममा राष्ट्रिय क्रिकेट टोलीका खेलाडी, अधिकारी तथा दर्शकहरूको उत्साहपूर्ण उपस्थितिमा नेपाली टिमलाई विशेष सम्मान गरिएको थियो।

डा. शर्मा प्रतिनिधि सभामा सांसद पदमा रहँदा तलब–भत्ता नलिने एक मात्र व्यक्ति हुन्। उनी सामाजिक तथा मानवीय जिम्मेवारी निर्वाहमा निरन्तर सक्रिय छन्—गम्भीर बिरामीलाई निःशुल्क उपचारको व्यवस्था, देशभर स्वास्थ्य शिविर, घाइतेहरूको उपचारमा सहयोग, एम्बुलेन्स हस्तान्तरण लगायतका कार्य उनका पहिचान बनेका छन्। उनका यी मानवीय योगदानहरूले “नेता भनेको जनताको साँचो अभिभावक हो” भन्ने सन्देशलाई अझ सशक्त बनाएको छ।

उनले हालै भदौ २३ र २४गते भएको जेन्जी आन्दोलनमा घाइते भएका सबैको नोबेल मेडिकल कलेज – साथै काठमाडौँ मेडिकल कलेजमा निःशुल्क उपचार गरेका हुन्, उनले सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएका छन्। यस्ता शिविरहरूमा उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज , नोबेल मेडिकल कलेजमा ल्याई निःशुल्क उपचारको व्यवस्था मिलाउने कार्य निरन्तर भइरहेको छ।




Leave a Reply

Your email address will not be published.