नगरपालिकाद्वारा बजार अनुगमन निरीक्षण

पथरी / पथरी शनिश्चरे नगरपालिकाले बजारको अनुगमन निरीक्षणलाई तिव्रता दिएको छ ।

सोमबारदेखि पथरी शनिश्चरे नगरपालिकाका उप–प्रमुख एवं अनुगमन समितिको संयोजक देविमाया काफ्लेको संयोजकत्वमा पथरी बजारको अनुगमन निरीक्षण सुरुवात गरिएको हो ।

आज पथरी शनिश्चरे वडा नं. १ को मन्दिर लाइनमा अवस्थित १० वटा पसलहरूको अनुगमन निरीक्षण गरिएको छ । अनुगमनका क्रममा पसलहरुको दर्ता भए नभएको र दर्ता भए नविकरण भए नभएको निरीक्षण गरिएको थियो । अनुगमनको क्रममा पूर्वाञ्चल कोल्ड सेन्टर होलसेल तथा खुद्रा पसलमा म्याद गुज्रेको अत्यधिक पेय पदार्थहरु फेला परेको छ ।

सो अनुगनमा स्वास्थ्य अधिकृत तथा अनुगमन निरीक्षक एकराज खत्री, राजश्व शाखा प्रमुख ताराप्रसाद ढकाल, अनुगमन समितिको सदस्य अन्जना शिवा, वडा नं. १ का वडा सदस्यद्वय आरती विश्वकर्मा, बसुन्धरा गुरुङ र नगर प्रहरीहरु लगायतको उपस्थिति रहेको थियो ।




Leave a Reply

Your email address will not be published.