पथरी / नगर प्याब्सन समिति पथरी शनिश्चरेले आइतबार आयोजना गरेको अन्तर विद्यालय स्पेलिङ प्रतियोगिता–२०८२ मा एभरेष्ट माध्यमिक विद्यालय विजयी बनेको छ ।

भूपू सैनिक आवासीय माविमा सम्पन्न प्रतियोगितामा प्यागोडा माविले दोस्रो स्थान ओगट्दा न्यु प्यागोडा मावि तेस्रो भयो । त्यस्तै, रेडस्टार, ग्रेट ग्रेस र केचना प्याराडाइज माविका विद्यार्थीहरूले सान्त्वना पुरस्कार प्राप्त गरे ।
प्रतियोगितामा नगरका २२ विद्यालय सहभागी बनेका थिए । विजयी ६ विद्यालयले सोमबार मोरङ जिल्लास्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।
कार्यक्रमलाई नगर प्याब्सन अध्यक्ष सन्तोष बस्नेतले सञ्चालन गरेका थिए । कार्यक्रममा शिक्षा शाखा प्रमुख नविन खुलाल, प्याब्सन मोरङका सल्लाहकार टिका प्रसाद दंगाल, उपेन्द्र कडेल, वरिष्ठ सल्लाहकार सुरेन्द्र लिम्बु लगायतको सहभागिता थियो ।
स्पेलिङ मास्टर शिवप्रसाद ताजपुरियाले नियमहरूको प्रस्तुत गरेका थिए भने सचिव सुजन बास्तोलाले कार्यक्रम सञ्चालन गरेका थिए ।