नगर खेलकुद महोत्सव :- कृकेटको उपाधि टिम भुल्केलाई

पथरी / दोस्रो पथरी शनिश्चरे खेलकुद महोत्सव अन्तर्गत सम्पन्न क्रिकेट प्रतियोगिताको उपाधि टिम भुल्केले जितेको छ । शनिवार जिरिखिम्तिस्थित खेल मैदानमा भएको फाइनल खेलमा टिम भुल्केले टिम सेल्फीलाई ७१ रनले पराजित गर्दै उपाधि हात पारेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको टिम भुल्केले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५० रन बनाएको थियो। टिमका लागि कमल राईले नटआउट रहँदै उत्कृष्ट अर्धशतकीय पारी खेले । उनले ५० रन जोडे। त्यस्तै एन्जल राईले ३३ र दिपेश भण्डारीले १६ रनको योगदान दिए । बलिङतर्फ टिम सेल्फीका लागि आस्विन महत र बुद्ध आलेले समान २/ २ विकेट लिए भने सुदीप चौधरी र सुधीर बस्नेतले १/ १ विकेट हात पारे । जवाफी ब्याटिङमा उत्रिएको टिम सेल्फी १५.३ ओभरमा ७९ रनमै अलआउट भयो। टोलीका लागि सोलोमन राईले सर्वाधिक २४ रन बनाए। भुल्केका दिपेश भण्डारीले एक्लैले ५ विकेट लिए। नेल्सन दंगाल र एन्जल राईले समान २/ २ विकेट झारे ।

फाइनल खेलमा दिपेश भण्डारी ’म्यान अफ द म्याच’ घोषित भए ।
विधागत तर्फ :-बेष्ट बलर आस्विन महत (टिम सेल्फी),बेष्ट ब्याट्सम्यान सोलोमन राई (टिम सेल्फी प्ले यर अफ द टुर्नामेन्टः एन्जल राई (टिम भुल्के राइजिङ प्लेयरः उत्सव राई (टिम भुल्के) घोषित भए ।




Leave a Reply

Your email address will not be published.