पथरी / दोश्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत फुटबल प्रतियोगिताको शनिवार भएको दोश्रो सेमिफाइनल खेलमा सुनौलो कल्याण एफसिलाई हराउदै देबिगञ्ज एफ सि फाइनलमा प्रवेश गरेको छ।

देबिगञ्जले सुनौलो कल्याण एफसि विरुद्ध ५–० को फराकिलो गोल अन्तरको जित निकाल्दै फाइनल प्रवेश गरेको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा देबिगञ्जले आक्रमक खेल प्रस्तुत गर्यो।
देबिगञ्जका मिक्सन दासले ह्याट्रिक पूरा गर्दै ४७औं, ५३औं र ६८औं मिनेटमा गोल गरे। त्यसपछि सन्तोष न्यौपानेले ६६औं मिनेटमा र छसाङ गुरुङले इन्जुरी समयमा गोल थपे। देबिगन्जका मिक्सन दास म्यान अफ द म्याच घोषित भए।
मंगलबार हुने फाइनलमा प्रभात सामुदायिक क्लब र देबिगन्ज भिडने छ्न । फाइनल बिजेताले रु १ लाख सहित ट्रफी जित्ने छ । पथरीशनिश्चरे नगर खेलकुद बिकाश समितिले आयोजना गरेको महोत्सब मंगलबार सकिने छ।