पथरी / दोश्रो पथरीशनिश्चरे नगर खेलकुद महोत्सब अन्तर्गत क्रीकेट खेलको फाइनलमा टिम भुल्के र टिम सेल्फी भिडने भएका छ्न ।

बुधबार सम्पन्न खेलमा टिम सेल्फीले टिम डाँस मोरङीलाई पराजित गर्दा टिम भुल्केले टिम बक्राहा लाई पराजित गरेसंगै लिगमा शिर्ष अंकका साथ दुबै टोली फाइनलमा प्रबेश गरेका हुन ।
लिग आधारमा भएको क्रीकेट खेलको फाइनल ३० गते हुने छ ।
लिगका दुबै खेल हारेका टिम डाँस मोरङी र टिम बक्राह बाहिरिएका छ्न । बुधाबारको पहिलो खेलमा टिम सेल्फीले डाँस मोरङीलाई ५ रनले पराजित गर्दै जित हात पारेको छ।
टस जितेर ब्याटिङ रोजेको टिम सेल्फी १७.१ ओभरमा सबै विकेट गुमाउँदै ११६ रन बनायो। सेल्फीका लागि सोलोमन राईले ३८ रन र अस्विन महतले २७ रन बनाए। बलिङतर्फ डाँस मोरङीका महेश कार्की र रोशन थापाले समान ३/३ विकेट लिए भने रोहन गहतराजले २ तथा सञ्जय मुर्मु र सत्यम दाहालले समान १/१ विकेट लिए। ११७ रनको लक्ष्य पछ्याएको डाँस मोरङी १७.४ ओभरमा १११ रनमै समेटियो। आदर्श कार्कीले ४७ रन र महेश कार्कीले १० रन बनाउन बाहेकअन्य ब्याट्सम्यानले दोहोरो रनको योगदान दिन सकेनन्।
टिम सेल्फीका बलरहरू उत्कृष्ट प्रदर्शनमा रहे। सुदीप चौधरी र अस्विन महतले समान ३/३ विकेट लिए भने बुद्ध आले मगर र सुधीर बस्नेतले समान १/१ विकेट लिए। बुधबार नै भएको दोश्रो खेलमा भुल्के टिमले बक्राहा टिमलाई ६० रनले पराजित गरेको छ।टस हारेर पहिले ब्याटिङ गरेको भुल्केले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५५ रन बनाएको थियो। भुल्केका लागि एन्जल राईले ४१, नेल्सन दंगालले २७, शुसन दंगालले २० र रावन राईले १४ रनको योगदान गरे।
बलिङतर्फ बक्राहाका समित राईले उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिए भने अनिस लुइटेलले २, अभिषेक विक र धन कार्कीले समान १/१ विकेट लिए। १५६ रनको लक्ष्य पछ्याउने क्रममा बक्राहा टिम १८.४ ओभरमै ९५ रनमा समेटियो। अनिस लुइटेलले १९, अभिषेक विकले १३ र धन कार्कीले ११ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। भुल्के टिमका एन्जल राईले बलिङमा पनि चम्कँदै ३ विकेट लिए। नेल्सन दंगाल, दिपेश भण्डारी र सिदार्थ धिमालले समान २/२ विकेट लिए भने सुरज खड्काले १ विकेट लिए।
पहिलो खेलमा अस्विन महत म्यान अफ दि म्याच रहदा दोश्रो खेलमा एन्जल राई म्यान अफ दि म्याच भए ।