पथरीशनिश्चरे खेलकुद महोत्सव : टाइब्रेकरमा सिरिजंगालाई  हराउदै प्रभात विजयी

पथरी / पथरीशनिश्चरेस्थित पथरी रंगशालामा जारी फुटबल प्रतियोगिताको बुधवारको खेलमा प्रभात सामुदायिक युवा क्लब विजयी भएको छ ।

पहिलो हाफ निकै तनावपूर्ण रहेको खेलमा १३ औं मिनेटमा प्रभातका अर्सित कार्कीले सिरिजंगाका गोलरक्षकको गल्तीको फाईदा उठाउँदै पहिलो गोल गरेका थिए ।

खेलको २७ औं मिनेटमा प्रभातका खेलाडीको सुटलाई सिरिजंगाका गोलरक्षक मनोज दहालले उत्कृष्ट बचाउ गर्दै आफ्नो जालिमा दोस्रो गोल हुनबाट जोगाएका थिए ।

तनावका बिच निकै प्रतिस्पर्धात्मक रहेको खेलको पहिलो हाफको अतिरिक्त समयमा सिरिजंगाले पाएको पेनाल्टीलाई स्ट्राईकर जुनियर सावाले गोलमा परिणत गर्दै खेल १-१ को बराबरीमा पारेका थिए ।

दोस्रो हाफमा दुवैपक्षबाट गोल हुन नसकेपछि खेल टाईव्रेकरमा धकेलिएको थियो । टाईव्रेकरमा प्रभात ३-२ ले विजयी भएको हो । खेलमा सिरिजंगाका विशाल चौधरी म्यान अफ द म्याच घोषित भए । आजको खेल देकिगञ्ज एफसि र प्रभात एफसिबिच प्रतिस्पर्धा हुने भएको छ ।

 




Leave a Reply

Your email address will not be published.