पथरी / पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ कार्यालयले पूर्व जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । सोमवार वडाको शुक्रबारे सामुदायिक भवन दोहलुमा एक भव्य कार्यक्रमको आयोजना गरी पूर्व जनप्रतिनिधिहरुलाई दोसल्ला तथा सम्मान पत्रले सम्मान गरिएको हो ।

वडाध्यक्ष नविन कार्कीको अध्यक्षतामा भएको सो सम्मान कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख मोहन प्रसाद तुम्वापो रहनुभएको थियो । सम्मानित हुनेहरुमा पूर्व वडाध्यक्षहरु वडा नं. ८ को पहिलो जनप्रतिनिधि प्रताब धिमाल (२०२०–२४), दोस्रो वडाध्यक्ष गोबिन्द थापा (२०२४–३५ दुई कार्यकाल), तेस्रो यादबहादुर बस्नेत (२०३५–३९) शनिश्चरे गाबिस वडा नम्बर ५ (२०३९–२०४८) तेस्रो कार्यकाल, शनिश्चरे गाबिस वडा नं. ४ इन्द्रबहादुर तुम्सा (२०३९–४३), शनिश्चरे गाबिस वडा नं. ४ स्व. बागबिर माझी (२०४३), शनिश्चरे गाबिस वडा नम्बर ५ नयेन्द्रबहादुर भट्टराई (२०४९–५३), शनिश्चरे गाविस वडा नं. ४ शुक्रबहादुर खजुम (२०४९–५१), शनिश्चरे गाबिस वडा नम्बर ५ गणेश बहादुर गुरुङ (२०५४–५९), शनिश्चरे गाबिस वडा नं. ४ गङाबहादुर भण्डारी (२०५४–५९), पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ बाबुराम दाहाल (२०७४–७९) रहनुभएको थियो । यसैगरी शनिश्चरे गाउँ पञ्चायतका प्रधानपन्च तथा उपप्रधानपन्चहरु पहिलो कार्यकाल प्रधानपन्च जहरमान लिम्बु र उपप्रधानपन्च भिमबहादुर मगर, दोस्रो कार्यकाल प्रधानपन्च जितबहादुर गिरी र उपप्रधानपन्च पुष्प चौहान, शनिश्चरे गाबिसका पुर्ब अध्यक्ष तथा उपाध्यक्षहरु– पहिलो कार्यकाल ः अध्यक्ष मोहनकुमार न्यौपाने र उपाध्यक्ष कृतिका राई ।

सम्मान कार्यक्रम अघि वडाले निर्माण गरेको लिम्बूहरुको केलाङ नृत्य र नौमति बाजाको प्रस्तुति रााखिएको थियो । यस्तै दोस्रो कार्यकाल अध्यक्ष मोहनकुमार न्यौपाने र उपाध्यक्ष जहरमान लिम्बु र पथरी शनिश्चरे नगरपालिका भए पश्चात् नगर प्रमुख दिलिपकुमार राई (किशोर), र उप–प्रमुख यमुना बिष्ट बास्तोलालाई सम्मान गरिएको थियो । सम्मान पश्चात् सम्मानित हुनेहरुबाट मोहनकुमार न्यौपाने र दिलिप कुमार राई (किशोर)ले आफ्ना भनाइहरु राख्नुभएको थियो ।
सम्मान कार्यक्रममा नगर उप–प्रमुख देविमाया काफ्ले, वडा नं. ८ का वडा सदस्यहरु बाबुराम चौधरी, झमकबहादुर लिम्बु, शान्ता योङहाङ, शिव कुमारी विश्वकर्मा, वडा सचिव बालकृष्ण राई लगायतको उपस्थिति रहेको थियो ।