सि.एच.आइ.टि.एफ तेक्वान्दो प्रतियोगिता कानेपोखरीमा हुँदै, २५ जिल्लाका ३५० खेलाडि सहभागि हुने

पथरी / १० औँ सि.एच.आइ.टि.एफ तेक्वान्दो प्रतियोगिता मोरङको कानेपोखरीमा हुने भएको छ । ३ दिन चल्ने उक्त प्रतियोगिताको उद्घाटन आगामि वैशाख १५ गते हुने भएको हो । कानेपोखरि गाउँपालिकास्थित रमाइलोमा रहेको जनसेवा मा हुने उक्त प्रतियोगितामा देशका विभिन्न २५ जिल्लाबाट ३ सय ५० जना खेलाडि सहभागि हुने आयोजकले जानकारी दिएको छ ।

नेपाल सि.एच.आई.टि.एफ तेक्वान्दो संघ कोशि प्रदेशको आयोजनामा हुने प्रतियोगितामा पुरुषतर्फ २० देखि ९० केजि तथा महिलातर्फ २० देखि ८० केजिसम्मको तौल समुहमा प्रतिस्पर्धा हुने आयोजकले बताएको छ । ५० जना रेफ्रि, १० जना जुरी, १० अफिसियल तथा ३० जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णँयक टिम रहने समेत आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा स्वार्ण पदक ५०, कास्य पदक ५० र रजत पदक १ सय जना गरी जम्मा दुई सय जनाले पदक र प्रमाण पत्र प्राप्त गर्नेछ । जिल्ला प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमश १५ हजार, १० हजार र ५ हजार प्रदान गरिने आयोजकले बताए ।

संघले हालसम्म ब्लाक बेल्ट वान डान २२ जना, ब्लाक बेल्ट टु डान २ जना, थ्री डान २ खेलाडी उत्पादन गरेको छ । प्रदेशभर खेलाडी संख्याको हिसाबले तेह्रथुमको आठराई गाउँपालिकामा ७० जना र मोरङको उर्लाबारी, कानेपोखरी र रंगेलीमा १२० जना खेलाडीहरु खेल खेलिरहेको छ ।

प्रतियोगिता आयोजना गर्न ८ लाख ७० हजार रुपैयाँको अनुमानित लागत लाग्ने बताइएको छ । यसका लागि स्थानीय सरकार, संघसंस्था, खेलप्रेमी र दाताहरूसँग सहयोगको अपेक्षा गरिएको पत्रकार सम्मेलनमा जनाइएको छ ।

पत्रकार सम्मेलनका अध्यक्षता सी.एच. आईटिएफ तेक्वाण्दो संघका अध्यक्ष तथा प्रमुख प्रशिक्षक युवराज भूजेलले गरेका थिए । अध्यक्ष भुजेलले सपूर्ण अभिभावक, सञ्चारकर्मी, संघसंस्था र खेलप्रेमीहरूलाई आर्थिक, नैतिक र भौतिक सहयोग गर्न आग्रह गरेका थिए ।

 




Leave a Reply

Your email address will not be published.