पथरी / सार्वजनिक सवारिसाधनले विद्यार्थीलाई प्रवेश गर्न दिन छाडेको भन्दै नेपाल विद्यार्थी संघ पथरी बहुमुखि क्याम्पस इकाइ समितिले इलाका प्रहरी कार्यालय पथरी र ट्राफिक प्रहरी कार्यालय पथरीको ध्यानाकर्षण गराएको छ ।

शनिवार नेपाल विद्यार्थि संघको ५६ औँ स्थापना दिवसका अवसरमा पथरी बहुमुखि क्याम्पसमा राखेको अन्तरक्रिया कार्यक्रमपछि इलाका प्रहरी कार्यालय पथरी र ट्राफिक कार्यालय पथरी पुगेर सो समस्या समाधानका लागि पहल गरिदिन ध्यानाकर्षण गराएका थिए । नेपाल सरकारले सार्वजनिक सवारीमा विद्यार्थीलाई तोकेको छुट समेत विद्यार्थिले नपाउने र सवारि साधन चढिसकेपछि छुटको कुरा गर्दा अर्को पटकदेखि विद्यार्थीलाई सवारीसाधन नै नरोक्ने समस्या पथरीबाहिरका विद्यार्थीले भोग्दै आएको गुनासो बढेपछि सो समस्या समाधानका लागि सहजिकरण गरिदिन ट्राफिक प्रहरी र इलाका प्रहरी कार्यालयलाई ने.वि संघ ले ध्यानाकर्षण गराएका थिए ।
ने.वि संघ पथरी बहुमुखि क्याम्पस इकाइ सभापति शम्भु शाहको नेतृत्वमा ने.वि संघ मोरङ जिल्ला सचिव शंकर वुढाथोकि, जिल्ला सदस्य शैलेस विष्ट, निवर्तमान स्ववियु सचिव भुपाल खतिवडासहितका विद्यार्थिहरुले इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरिक्षक देविदत्त मोते र ट्राफिक कार्यालय पथरीका प्रतिनिधिलाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।