डाँस मोरङ्गी सामुदायिक वनको अध्यक्षमा भारि मतान्तरका साथ हरि निरौला निर्वाचित

पथरी / मोरङको पथरीशनिश्चरे—१० स्थित जिरिखिम्तीमा रहेको डाँस मोरङ्गी सामदायिक वन उपभोक्ता समितिको अध्यक्षमा हरि निरौला भारि मतान्तरका साथ निर्वाचित भएका छन् ।

३०२ जना मतदाता रहेको उक्त सामुदायीक बनको मंगलवार सम्पन्न निर्वाचनमा २४४ मत खसेको थियो । जसमध्ये ८ मत बद्धर र २३६ मत सदर रहेको थियो । २३६ मतमा बिजेता हरि निरौलाले १२२, निकटतम प्रतिद्वन्द्वी जगत तिवारीले ६४ र अर्का उमेद्वार श्याम भट्टराईले ४८ मत प्राप्त गरेका थिए । कोषाध्यक्षमा १३८ मत ल्याएर धनबहादुर श्रेष्ठ बिजयी भएका छन् । सो पदका अर्का उमेद्वार गणेश दाहालले ८९ मत मात्र ल्याएका थिए ।

नयाँ समितिका लागि उपाध्यक्षमा मुनादेवि पौडेल, सचिवमा दृश्य बगाले, सहसचिवमा विकास तामाङ सर्वसहमत चयन भएको समूहका पूर्ब अध्यक्ष मदन पोख्रेलले बताए ।सदस्यहरुमा विष्णु श्रेष्ठ, शान्तिमाया बिक, पवित्रा खड्का, गोपाल गिरी, सुनिता राई, पदमबहादुर गुरुङ र प्रतिक्षा थापा सर्वसहमत चएन भएका छन् । नव निर्वाचित पदाधिकारी सदस्यहरुलाई आज (बुधबार) सफत ग्रहण गराउने कार्यक्रम रहेको निर्वाचन समितिका सदस्य जनक पोख्रेलले बताए ।