ससुराको हत्या गरि फरार रहेका ज्वाइँ रविन प्रहरीद्वारा सार्वजनिक

पथरि / मोरङको पथरीशनिश्चरेमा आफ्नै ससुराको हत्या गरी फरार रहेका ज्वाइँलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका एसपि नवराज कार्कीको उपस्थितीमा ईलाका प्रहरी कार्यालय पथरीले पथरी शनिश्चरे –७ मायालु चोकका ६० वर्षीय चन्द्रबहादुर तामाङको हत्या गरी फरार भएका उनकै ज्वाइँ २७ वर्षीय रविन राईलाई सोमवार सार्वजनिक गरेको हो ।

ससुराको हत्यामा उनकै ज्वाइँ रविन संलग्न भएको अनुसन्धानबाट खुलेको एसपि कार्किले जानकारी दिए । पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोको समेत उपस्थितिमा अभियुक्त राईलाई सार्वजनिक गरिएको थियो । जिल्ला प्रहरी कार्यालय धनकुटा र इलाका प्रहरी कार्यालय पथरीको संयुक्त टोलीले आईतबार बिहान १० बजे धनकुटाको सागुरीगढी ८ आहाले भन्ने ठाँउमा चेकजाँच गर्ने क्रममा निज राईलाई पक्राउ गरिएको एस पी कार्कीले जानकारी दिए ।

गत असोज ४ गते शुक्रवार राति मादक पदार्थ सेवन गरी ज्वाइँ रविनले ससुरा तामाङको हत्या गरि भागेर धनकुटास्थित आफ्नो दाईको घर हिँडेको अभियुक्त राईले ससुराको हत्या गरेको अनुसन्धानबाट खुलेको छ। मदिरा सेवन गरी बाम्फोक प्रहार गरेर शुक्रबार राति नै ससुराको हत्या गरेको अनुसन्धानबाट खुलेको छ।निजलाई थुनामा राखी जिल्ला अदालत मोरङबाट थप ४ दिनको म्याद थप्न गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कार्कीले बताए ।

प्रहरीले वृद्ध चन्द्रबहादुर तामाङको हत्या गरिएको अवस्थामा शनिबार बिहान ७ः२० बजेतिर आफ्नै घरको प्यासेजमा रगतमा डुबिरहेको अवस्थामा तामाङको शव फेला परेको थियो ।