युनाइटेड खर्साङलाई लाई हराउँदै सेमिफाइनलमा पुग्यो संकटा

पथरी / मोरङको पथरीशनिश्चरेमा जारी प्रथम पथरीशनिश्चरे गोल्डकपको सोमबारको खेलमा भारतको युनाइटेड खर्साङ फुटबल क्लबलाई पराजित गर्दै संकटा क्लवले सेमिफाइनलको यात्रा तय गरेको छ ।

संकटाले पाहुना टोली युकेएफसि माथि २–० को जित निकालेको हो । संकटाले सेमिफाइनलमा आयोजक पथरी ११को सामना गर्नेछ । आजको खेलमा ब्रिग्रेड ब्वाइज क्लब काठमाडौं र सहलेस युथ क्लब सिराह सेमिफाइन प्रवेशका लागि भिडने छन् ।

संकटाका लागि कृपा चौधरी र युवराज ढकालले गोल गरे । खेलको ३२औं मिनेटमा चौधरीले हानेको सटलाई युकेका गोलकिपर रुपक कोयाले पूर्णरुपमा नियन्त्रण गर्न नसकेपछि रिवाउण्डमा उनले नै गोल गरे ।

खेलको निर्धारित समयपछि थपिएको ३ मिनेटको दोस्रो मिनेटमा संकटाले गोल थप्दै जित सुनिश्चित ग¥यो । संकटाका विनु आलेमगरले मध्यक्षेत्रबाट हेडमार्फत दिएको पासलाई अनमार्कमा रहेका ढकालले दोश्रो बार चेप्दै गोल गर्दा विपक्षी टिमका गोलकिपर कोयाले वचाउने कुनै मौका पाएनन् ।

खेलको म्यान अफ दि म्याच संकटाका पुष्कर खडका घोषित भए । उनले ५ हजार नगद प्राप्त गरे ।