वडाध्यक्ष कार्किद्धारा प्रहरीलाई मोटरसाइकल हस्तान्तरण

पथरी / पथरी शनिश्चरे नगरपालिकाका प्रवक्ता एवं वडा नं ८ का अध्यक्ष नविन कार्कीले आफूले प्रयोग गर्दै आएको को १ ब। १५९० नम्बरको सरकारी मोटरसाइकल प्रहरीलाई हस्तान्तरण गरेका छन् ।

सवारी साधन नभएर सेवा प्रवाह सहज ढंगले दिन असहज भइरहेको पथरी शनिश्चरे वडा नं ४ कुशल बजार प्रहरी चौकीलाई अध्यक्ष कार्कीले आइतवार मोटरसाइकल हस्तान्तरण गरेका हुन् । सो मोटरसाइकल हस्तान्तरण कार्यक्रममा नगर प्रमुख मोहन प्रसाद तुम्बापो, उप–प्रमुख देविमाया काफ्ले, ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी मोहनविक्रम दाहाल, वडा सदस्य र वडावासीहरुको उपस्थिति रहेको थियो । वडा अध्यक्ष कार्कीले वडामा यस्तै लोकप्रिय कार्यक्रमहरु गर्दै वडावासीको मात्र होइन समग्र नगरकै मन जित्दै आइरहेका छन्।