पथरीशनिश्चरे गोल्डकपको तिव्र तयारी

पथरी / असोज ५ गतेदेखि सञ्चालन हुन लागेको प्रथम पथरीशनिश्चरे गोल्डकपको तयारी तिव्र गतिमा भइरहेको छ । पथरीशनिश्चरे वडा नं १ स्थित जाँते मोडमा अवस्थित पथरी रंगशालामा अशोज ५ गतेबाट १२ गतेसम्म हुन लागेको गोल्डकपको तयारी तिव्र गतिमा भइरहेको आयोजक पथरी ११ फुटवल क्लवले जानकारी दिएको छ ।

एक भारतीय क्लब सहित ए डिभिजनका क्लव र मोफसलका चलेका क्लबहरु समेत गरी ८ फुटवल क्लवले सहभागिता जनाउन लागेको उक्त प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको विकले जानकारी दिए । गोल्डकपका संयोजक जितन राईका अनुसार प्याराफिट बनाउने काम लगभग सकिन लाग्यो । करिब ३ हजार दर्शक अटाउने गरी प्याराफिट निर्माण गरिएको हो ।

मैदान मर्मतको काम पनि अन्तिम चरणमा पुगको छ । संयोजक राईका अनुसार आयोजक पथरी ११, सिराहको सहलेस युथ क्लब, झापा ११ फुटबल क्लब, पाँचथर फुटबल क्लब, भारतको युकेएफसी क्लबले प्रतियोगितामा सहभागिता जनाउने निश्चित भइसकेको छ भने ए डिभिजन क्लब र विभागीय क्लवले छिट्टै नै प्रतियोगिता खेल्ने निश्चित गर्ने बताए । प्रथम पथरीशनिश्चरे गोल्डकप २०८१ को विजेताले ट्रफी सहित ३ लाख पाउने छन् भने उपविजेताले २ लाख रुपयाँ प्राप्त गर्नेछ ।