विद्यालयका प्र.अ. तथा शिक्षा शाखाबिच कार्यसम्पादन करार सम्झौता

पथरी / पथरी शनिश्चरे नगरपालिकामा सामुदायिक विद्यालयका प्र.अ. तथा शिक्षा शाखाबिच कार्यसम्पादन करार सम्झौता कार्यक्रम भएको छ ।

बिहिवार शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा पथरी शनिश्चरे नगरपालिकाको हलमा प्र.अ. तथा शिक्षा शाखाबिच कार्यसम्पादन करार सम्झौता कार्यक्रम भएको हो । नगरको सामाजिक शिक्षा समितिका अध्यक्ष जीवन खतिवडाको अध्यक्षतामा भएको सो कार्यक्रममा शिक्षा शाखा प्रमुख नविन खुलालले सामुदायिक विद्यालयको शैक्षिक स्तर वृद्धी गर्न नगरले प्र.अ.हरुसँग २४ वटा सूचकमा आधारित रहेर सम्झौता गरेको र विद्यालयका प्रअले सबै शिक्षक तथा कर्मचारीहरूसँग सम्झौता गरी कार्यान्यन गर्ने र सोही आधारमा प्रअ तथा शिक्षकको कार्यसम्पादनको मापन गरिने कुरा शिक्षा प्रमुखले कार्यक्रमको विषयमा प्रष्ट्याउनुभएको थियो ।

यसैगरी कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने विद्यार्थीहरूले हासिल गर्नुपर्ने न्यूनतम मापदण्ड तयार गरी सबै विद्यालयमा वितरण गरिएको थियो । यस्तै प्रमुख प्रशासकीय अधिकृत शशि राईले शिक्षासँग सम्वन्धित सारगर्भिक भनाइहरु राख्नुभएको थियो । कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष उद्धवराज बस्नेत, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, विद्यालयका प्र.अ. तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।