विश्रान्तिका आश्रितलाई लायन्स क्लब अफ सुन्दरदुलारीको सहयोग

विराटचोकः धनकुटाको विश्रान्ति मन्दिर आश्रममा रहेका ४३ जना ज्येष्ठ नगरिकलाई लायन्स क्लब अफ सुन्दरदुलारीले आज खाना खुवाएको छ ।

लायन्स क्लब अफ सुन्दरदुलारीका अध्यक्ष नागेश पोख्रेलको नेतृत्वमा गएको टोलीले ५ हजार १ सय रुपैयाँबराबरको खाना खुवाएको अध्यक्ष पोख्रेलले जानकरी दिए । टेकनाथ पौडेलको संयोजनमा कार्यक्रम भएको थियो ।

क्लबले शुक्रबार सुन्दरहरैंचाको साजीलाल आधारभूत विद्यालयमा अध्ययन गर्ने अपाङ्गता भएका बालबालिकालाई न्यानो कपडा वितरण गर्ने भएको छ । त्यस्तै, शनिबार सुन्दरहरैंचाको जुपिटर बोर्डिङ स्कुलमा स्वास्थ्य शिविर गर्ने अध्यक्ष पोख्रेलले बताए ।

२०४० सालमा घाट व्यवस्थापनबाट शुरु भएको सो मन्दिरमा २०४२ सालदेखि वृद्धाश्रम शुरु भएको हो । १२ ओटा भवनमा हाल ५० ओटा कोठा रहेका छन् । हाल सो आश्रम दाताको भरमा चलिरहेको छ ।