प्रधानमन्त्री ओलीको डिस्चार्ज

विराटचोकः प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएर प्रधानमन्त्री निवास बालुवाटार गएका छन् ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत उनी आज दिउँसो साढे ३ बजे डिस्चार्ज भएका हुन् ।
उनको अघिल्लो मङ्गलबार एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो ।