वडा नं. १० मा डेंगुबिरुद्ध ‘खोज र नष्ट गर कार्यक्रम’सँगै स्वास्थ्य परामर्श

पथरी / पथरी शनिश्चरे वडा नं. १० ले डेंगु रोग नियन्त्रणका लागि ‘खोज र नष्ट गर कार्यक्रम’लाई अघि बढाएको छ ।

वडामा आजबाट डेंगुविरुद्ध ‘खोज नष्ट गर कार्यक्रम’सँगै स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न गरिएको हो । सो कार्यक्रममा वडाध्यक्ष जीवन खतिवडा, वडा सदस्यहरु वीरबहादुर बस्नेत, दिलबहादुर कार्की, आधारभूत स्वास्थ्य केन्द्रका स्वास्थ्य कर्मचारी, डाँस मोरङ्गी सामुदायिक वनका अध्यक्ष मदन पोख्रल, स्थानीय अर्जुन पोख्रल लगायतको टोलीले जिरिखिम्तिबाट शो अभियानको थालनी गरेको हो । वडाध्यक्ष जीवन खतिवडाका अनुसार आज जिरीखिम्ती र त्रिवेणी चौकमा खोज र नष्ट गर कार्यक्रम सम्पन्न गरियो भने यस कार्यक्रमलाई निरन्तर अघि बढाइनेछ ।

टोलीले संभावित ठाउँहरूको अनुगमन गरी डेंगु रोग सम्बन्धी वडावासीहरुमा परामर्श समेत दिएको थियो । पछिल्लो समय पथरीशनिश्चरेका विभिन्न स्थानहरुमा डेंगुको जोखिम बढेको पाइएपछि नगरले डेंगु रोग विरुद्ध अभियान चलाइरहेको छ ।




Leave a Reply

Your email address will not be published.