नेपाल महिला संघ पथरीशनिश्चरे १० मा इन्द्रकुमारि

पथरी / नेपालि काङ्ग्रेस निकट नेपाल महिला संघ पथरीशनिश्चरे वडा नं १० को कार्यसमिति चयन भएको छ । वडा नं १० बाट गत स्थानिय तहको निर्वाचनमा वडा सदस्यकि उम्मेद्वार समेत रहेकि इन्द्रकुमारि लिम्बुको सभापतित्वमा नया कार्यसमिति चयन भएको हो ।

आइतवार नेपाल महिला संघ मोरङ क्षेत्र नं ३ कि क्षेत्रिय सभापति मन्जु रेग्मिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा गत स्थानिय तहमा नेपाली काङ्ग्रेसकाट पथरिशनिश्चरेको उपमेयरकि प्रत्यासि  कविता पराजुलिको प्रमुख आतिथ्यता रहेको थिय । महिला संघ क्षेत्रिय सचिव अस्मिता सुवेदिले सञ्चालन गरेको कार्यक्रममा क्षेत्रिय प्रथिनिधि वीर वहादुर बस्नेत,वडा सभापति प्रकाश अधिकारी, मनु पुर्कुटि, तुलसा याख्खा, कविता पराजुलि लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा नेपाली काङ्ग्रेस पथरिशनिश्चरे वडा नं १० का वडा सभापति प्रकाश अधिकारी, वडा सचिव प्रेम केडि, उत्तर लिम्बु लगमयतको उपस्थिति रहेको थियो ।