खोखोमा नेपाललाई रजत र कास्य

काठमाडौंः सागअन्तर्गत भएको महिला खो खोको प्रतियोगितामा नेपालले बुधबार रजत जितेको छ । कीर्तिपुरस्थित नयाँ बजारमा भएको फाइनलमा भारतले नेपाललाई १७–५ ले पराजित ग¥यो । बंगलादेश तेस्रो भयो । बंगलादेशले श्रीलंकालाई १०–७ ले हरायो ।

पुरुषमा पनि भारत नै च्याम्पियन बन्यो । फाइनलमा भारतले बंगलादेशलाई १६–९ ले पाखा लगायो । नेपाल र श्रीलंकाबीच तेस्रो स्थानका लागि भएको खेलमा नेपाल १३–७ ले विजयी भयो ।

भारतमा भएको १२ औं सागदेखि खो खोलाई पहिलो पटक समावेश गरिएको थियो । त्यस संस्करणको पुरुष÷महिला दुवैमा भारत नै विजेता बनेको थियो । नेपाल १२ औं सागको पुरुष÷महिला दुवैमा तेस्रो भएको थियो । पुरुष÷महिला दुवैमा समान ४–४ राष्ट्र सहभागी थिए ।