दीपक हमालले पाए उसुमा अर्काे स्वर्ण

विराटचोकः १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत उसुमा नेपालले थप स्वर्ण जितेको छ । आज दीपक हमालले थाउलोमा स्वर्ण जितेका हुन् ।

दीपकले १९ दशमलव ३२ अङ्क जोडेका थिए भने रजत पदक विजेता भारतका साजन लामाले १९। दशमलव १२ अङ्क जोडेका थिए । सागमा दोस्रो दिनसम्म २३ स्वर्ण जोडेको नेपालले आज थप २ स्वर्ण जोडेको छ ।


तस्बिरः राष्ट्रिय खेलकुद परिषद