सुन तोलामा ८ सय र चाँदी तोलामा १५ रुपैयाँ बढ्यो

विराटचोकः आज सुन र चाँदी दुवैको भाउ बढेको छ । सुन तोलामा ८ सय रुपैयाँ र चाँदी तोलामा १५ रुपैयाँले बढेको हो ।

आज छापावाल सुन प्रति तोला ७२ हजार २ सय र तेजाबी सुन प्रति तोला ७१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार चाँदीको भाउ ८ सय ६५ रुपैयाँ कायम भएको छ ।