काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकालले पार्टीको केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण (लाइभ) गर्न प्रस्ताव गरेका छन् ।
असार १९ गते बुधबार बिहान बस्ने केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्न महामन्त्री ढकालले सभापति रवि लामिछानेलाई प्रस्ताव गरेको जानकारी दिएका छन् । उनले भनेका छन्- ‘बैठक लाइभ गर्न मैले सभापतिलाई आग्रह गरेको छु । हाम्रो अडिट जनताले गरून् । गर्ने वा नगर्ने केही केही भन्नुभएको छैन । बुधवार बस्ने केन्द्रीय समिति बैठकमा महामन्त्री ढकालको समीक्षा यात्राबाट तयार गरेको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।