सहिद स्मारक सि डिभिजन लिगमा सहभागि पथरीशनिश्चरेका ४ खेलाडी सम्मानित

पथरी / सहिद स्मारक सि डिभिजन लिगमा सहभागी भएका मोरङको पथरीशनिश्चरेका ४ खेलाडि सम्मानित भएका छन् ।

पथरी-११ फुटबल क्लबले सि डिभिजनमा सहभागी खेलाडीहरूलाई मंगलवार एक कार्यक्रमका बिच  दोसल्ला ओडाई सम्मानपत्र हस्तान्तरण गरेको थियो। सम्मानित खेलाडीहरुमा सि डिभिजन लिग विजेता क्लब बाग्मती युथ क्लव सि डिभिजन बाट बढुवा हुँदै बी डिभिजनमा प्रवेश गर्दा महत्वपूर्ण भूमिका निर्वाह गरेका खेलाडी सनम धिमाल, उपविजेता क्लव आरसी ३२ फुटबल एकेडेमीका धिरेन बिष्ट, सोसल वेलफेयर युनाइटेड युथ क्लवका निरोज परियार र मनोहरा युनाइटेड क्लवका समीर क्षेत्री रहेका छन्।

कार्यक्रमका सभाध्यक्ष मिन धिमालले गरेका थिए भने प्रमुख अथितिमा पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा पथरी शनिश्चरे नगर खेलकुद संयोजक दिपक वान्तवा राई रहेका थिए । कार्यक्रमको सञ्चालन क्लवका सचिव सुमन बिकले गरेका थिए। सम्मान कार्यक्रममा पथरी -११ का अन्य  खेलाडीहरूको पनि उपस्थिति रहेको थियो ।