चरित्रहत्या गरेको आरोपमा काफ्ले पक्राउ म्याद थपे गरी कारबाही चलाइने प्रहरी प्रमुखको भनाइ

मोरङ / सामाजिक सञ्जालमा अप्रमाणित विषयमा स्टाटस लेखेर स्थानीयलाई दुःख दिदै या भनौ चरित्रहत्या गर्दै आएका मोरङ पथरीशनिश्चरे–१ का गोपाल काफ्ले साइबर अपराधमा पक्राउ परेका छन् ।

काफ्लेले प्रमाण बिना पथरीशनिश्चरे नगर पूर्व प्रमुख दिलिपकुमार राईको फोटो तानेर गम्भीर अपराधी झै आँखामा पट्टी लगाएर पोष्ट गरेका थिए । यस्तैगरी संविधानसभा सदस्य चण्डीप्रसाद राई, पूर्ब प्रदेश सभा सदस्य कृष्णकुमारी राईको तस्वीर पनि पोष्ट गरेका थिए ।

काफ्लेलाई साइबर अपराध सम्बन्धि अनुसन्धान गर्न पक्राउ गरेको मोरङ जिल्ला प्रहरी प्रमुख नवराज कार्कीले बताए । जिल्लाले आदेश दिएपछि इलाका प्रहरी कार्यालय पथरीका डीएसपी गणेश श्रेष्ठले पक्राउ गरेर जिल्ला पठाएका थिए । गोपाल काफ्ले पक्राउ परेको बारे बिभिन्न व्यक्तिको स्टाटसबाट सार्वजनिक भएपछि काफ्ले आफंैले पनि स्टाटस कपी गरेर राखेका छन् । यद्यपि पक्राउ गरिएको भए उनको फेसबुक कसरी चलिरहेको हो जिल्ला प्रहरी कार्यालयलाई समेत प्रस्न आइरहेको छ ।

काफ्लेले प्रमाण बिना शंका र कसैले भनेको र उचालेको भरमा स्थानीय व्यक्तिहरुलाई गम्भीर अपराधीझै गरेर आँखामा पट्टी समेत लगाएर सामाजिक सञ्जालमा पोष्ट गर्दै आएका थिए ।
हातमा प्रमाण र प्रमाणित नहुने बिषय लेख्नुहुन्न भनेर सम्झाउदा समेत नमान्ने फाफ्लेले पछिल्लो समयमा निवर्तमान पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राईको फोटो तानेर गम्भीर अपराधी झै आँखामा पट्टी लगाएर फोटो पोष्ट गरेका थिए । यस्तै पथरीशनिश्चरे स्वास्थ्य प्रमुख मुरारी आचार्यलाई पनि यसैगरी गम्भीर अपराधी झै तस्वीर राखेका थिए । आचार्यले जिल्ला अदालत मोरङमा मानहानी सम्बन्धी उजुरी दिएपछि मुद्दा चलिरहेको छ । यसैगरी पथरीशनिश्चरे–१ नं. वडा कार्यालयको बद्नाम हुने बिषय प्रमाण बिना सामाजिक सञ्जालमा लेखेपछि इलाका प्रहरी कार्यालय पथरीमा उजुरी परेको थियो । सो बिषय प्रहरी कार्यालयमा लिखित रुपमा माफी मागेपछि छाडिएको थियो ।

पछिल्लो समयमा एक किशोरीलाई उचालेर पथरीशनिश्चरे नगर स्वास्थ्य प्रमुख मुरारी आचार्यलाई दुव्र्यवहार गरेको भन्न लगाएर ब्लाकमेलिङ गरेको आचार्यले बताएका छन् । सो विषय कसैले नपत्याएपछि किशोरीलाई मुरारी आचार्य विरुद्ध बोल्न लगाएर अडियो, भिडियो रेकर्ड गर्ने र सार्वजनिक गर्नुअघि विभिन्न व्यक्तिहरु मार्फत् आचार्यलाई पु¥याएर रकम ब्लाकमेलिङ गर्न खोजेको बिषय यस अघि पनि समाचार प्रकाशन भएको थियो । नगरेको काम आरोपकै भरमा आचार्यले पैसा खर्च नगरेपछि रेकर्ड गरेको २/३ दिन पश्चात् अडियो, भिडियो सामाजिक सञ्जालमा अपलोड गरेर ब्लाक मेलिङ गरेको आचार्यको ठहर सहित अदालतमा मुद्दा लगाएको बताए ।

काफ्लेले लेखेको विषयमा पीडित व्यक्तिहरू प्रमाण लिएर आउन र काफ्लेलाई यस्तो कुराबाट सचेत गराउन भन्न थालेपछि महासंघ र पत्रकार सम्बन्धी संस्थाहरु बोल्न छाडेको हो ।

काफ्लेले पटक पटक माफी मागेपनि समाजमा पक्षपात पूर्ण, भ्रम छर्ने र पुष्टि नहुने बिषयमा आफै लागेर बिभिन्न निकाएमा मुद्धा लगाउने, मुद्धा लगाएँ भनेर सञ्जालमा प्रचार गर्ने मान हानी भइरहेको कारण पेशागत समाजमा काफ्ले एक्लिएको समाजिक/राजनीतिक व्यक्तिहरुको बुझाई छ ।

पिटाइ खाएको, लेखाइ अपुष्ट भएर माफी मागेको, मानिस उचालेर मानहानी गराउन तल्लीन र देखादेखि मानिसलाई आक्रोशित/आक्रमक बनाउन बाध्य बनाउने स्टाटसहरु राख्दै आएको उनका फेसबुकमा छ्यापछ्याप्ती देखिन्छन् ।