स्थगित भएको पथरीशनिश्चरे गोल्डकप असोजमा हुने

पथरी / मोरङको पथरीशनिश्चरेमा जेठ १२ गतेदेखि हुने भनिएको पथरीशनिश्चरे गोल्डकप स्थगित भएको छ । आयोजक पथरी ११ का सचिव सुमन वि।कले केहिदिन अघि सामाजिक सञ्जालमार्फत तत्कालका लागि गोल्डकप स्थगित भएको सुचना सम्प्रेषण गरेका थिए ।

पथरी बजारस्थित जाँतेमोडमा हुने भनिएको उक्त गोल्डकप तत्कालका लागि रोकिए पनि असोजमा गर्ने तयारीका साथ पूर्व तयारी थालिएको उनले जानकारी दिए । एन्फाले तथा पथरीशनिश्चरे नगरमा खेलकुद समितिले दिएको सल्लाह अनुसार तत्कालको लागि गोल्डकप सार्नु परेको सचिव विकले बताए । छोटो समय तथा बर्षातको मौसम हुन सक्ने भएकाले काठमाडौको क्लबहरु उपस्थित हुन नसक्ने जानकारी गराएका हुनाले र अग्रजहरुको सुझावलाई समेत मध्यनजर गरेर गोल्डकप असोज पहिलो साताबाट सञ्चालन गर्ने गरी सारिएको उनले बताए ।