पाँचथरको फिदिममा नेकपा विजयी

विराटचोकः उपनिर्वाचनअन्तर्गत पाँचथरको फिदिम नगरपालिकाको वडा नम्बर १ को अध्यक्ष पदका लागि भएको निर्वाचनमा नेकपाका गजाधर भट्टराई निर्वाचित भएका छन् ।

१ हजार ४ सय ४६ मत ल्याएर उनी विजयी हुँदा निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका सुबराज थापाले ९ सय ७२ मत ल्याए । तेस्रो स्थानमा रहेको राप्रपाका मिलन गिरीले ७६ मत पाए ।