पीडितलाई धम्याउँर्दै घटनाको ढाकछोपमा लागे अधिकृत यादव

मोरङ / मोरङको कानेपोखरी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हिरा कुमारी यादवले पीडितलाई धम्याउँदै घटनाको ढाकछोप गर्न लागि परेका छन् । दोषीलाई छानविन गरी कारवाही प्रकृया अघि बढाउनु साटो विभिन्न बहना बाजी गर्दै अघिकृत यादवले घटनाको ढाकछोप गर्दै आएको हो ।

पछिल्लो समयमा पीडित महिला काम गरिरहेको पालिका गई अधिकृत यादवले पीडित शिक्षिकालाई डर धम्की दिई फोनमा बनावटी कुरा बोल्नु लगाई एक शिक्षकसँग संवाद गरेको अडियो सार्वजनिक गरेकी छिन् । शिक्षा शाखा प्रमुख वेगबहादुर काफ्लेलाई उन्मुक्ति दिन चाहीने मात्र भ्वाइस रेकर्ड राख्दै इडिटिङ गरी १ मिनेट २६ सेकेण्डको अडियो मेसेन्जरमा सार्वजनिक गरेकी हुन् । कुनै एउटा खोलाको तटबन्धनको लागि तारजाली बुन्दै गरेको फोटो लगाएर इडिटिङ् गरि भिडियो सार्वजनिक गरिएको छ ।

अडियोको अन्त्यतिर प्रमुख प्रशासकिय अधिकृत यादवले म प्रहरी केश सबैलाई हाल्छु भनन् भनेर निर्देशन गरेको संवादको रेकर्डमा सुनिएको छ । प्रमुख प्रशासकिय अधिकृत यादव चैत ४ गते दिउँसो झापा गाउँपालिकाको कार्यालयमा पुगी त्यस पालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई पीडित महिला बोलाउन लगाएर अधिकृतको चेम्बरमा डर धम्की दिएको बुझिएको छ । पालिका नजिकैको विद्यालयमा कार्यरत पीडित शिक्षिकालाई तिम्रो सरुवाको विषयमा थोरै कुरा मिलेको छैन केही छिन पालिका आउनु भनेर बोलाएको पीडित शिक्षिकाले बताएकी छन् ।

पीडित शिक्षिकालाई नेपाल शिक्षक महासंघ गाउँ समिति कानेपोखरीका अध्यक्ष धर्मराज थापालाई फोनमा संवाद गर्नु लगाएर प्रमुख प्रशाशकिय अधिकृत यादवले मोवाइलमा रेकर्ड गरेकी थिइन् । प्रमुख प्रशासकीय अधिकृत यादवले तिम्रो शिक्षकको जागिर जान्छ, स्क्रृनसटसँगै तिम्रो फोटो पनि भाईरल भएको छ, तिम्रो विदेशमा भएको श्रीमानलाई नेपाल झिकाउँछु भन्दै डर देखाई शिक्षक थापालाई फोनमा बनावटी कुरा संवाद गर्न लगाएर फोन रेकर्ड गरेको पीडित शिक्षिकाले बताइन । अधिकृत यादवले शिक्षा शाखा प्रमुख वेगबहादुर काफ्लेसँग भएको कुराकानीको स्क्रिनसट पत्रकार र नेपाल शिक्षक महासंघलाई दिएर किन सार्वजनिक गर्न लगाएको भन्दै डर त्रास देखाएका थिए ।

अधिकृत यादवले काठमाडौंबाट प्रकाशित एउटा अनलाइनमा पीडक काफ्लेलाई पक्षपोषण गर्दै उन्मुक्ति दिन समाचार पनि लखाएकी छन् । त्यो समाचारमा अधिकृत यादवले गरेको संवादको रेकर्ड पनि राखिएको छ । पीडित शिक्षिकाले आफ्नो नाम पनि समावेश गरेर आचारसंहिता विपरित समाचार प्रकाशित गरिएकोले लेख्ने, लेखाउने र अनलाइनलाई पनि सम्बन्धित निकायमा न्यायको लागि जाने बताएकी छिन् ।

हिजो शुक्रबार मात्र अधिकृत यादवले एकजना पत्रकारलाई फोन गरी शिक्षा शाखा प्रमुख काफ्लेको पक्षमा समाचार लेखिदिन आग्रह गरेको कुरा स्रोतले बताएका छन् । यादबले भने काफ्लेलाई जोगाउन लागेको आरोप अस्वीकार गरेकी छन ।

कानेपोखरी गाउँपालिकाका शिक्षा शाखाका प्रमुखले प्रावितहका शिक्षिकासँग गोप्य रुपमा राखेको यौन सम्पर्कको प्रस्तावको १८ वटा स्क्रिनसट चैत २ गते सार्वजनिक भएको थियो । घर पाएक सरुवा गरिदिने भन्दै मोवाइलको मेसेन्जरमा पटक–पटक यौन सम्पर्कको प्रस्ताव राखेको १८ वटा स्क्रिनसट सार्वजनिक भएको थियो ।

शिक्षा शाखा अधिकृत काफ्ले चैत २ गते शुक्रबार देखिनै कार्यालय नआएको शिक्षा शाखा श्रोतले जनाएको छ । शिक्षिकालाई यौनको प्रस्ताव राखेको स्क्रिनसट छ्यापछयाती रहेको छ । उता फरार शिक्षा अधिकृत काफ्ले भित्रीरुपमा आफुलाई बचाउन हारगुहार गरिरहेका छन् । काफ्लेको बचाउमा वर्तमान र निर्वतमान जनप्रतिनिधिहरु लागि परेका पीडित परिवार स्रोतले जनाएको छ ।

पीडित शिक्षिकाले आफ्नो श्रीमान विदेशबाट घर आएपछि र घर छेउ छिमेकी पालिकामा आफ्नो सरुवा ल्याएपछि ढिलै भएपनि घटना सार्वजनिक गरेको बताइ्न । काफ्लेलाई कारवाही गरी आफुले न्याय पाउनको लागि न्याय माग्न लागि परेको बताइन् ।




Leave a Reply

Your email address will not be published.