वडा स्तरिय भेट्रान लिग फुटवल प्रतियोगिता शुरु, उद्घाटन खेलमा वडा नं ८ र २ विजयी

पथरी / मोरङको पथरीशनिश्चरे वडा नं २ स्थित पञ्चायत माविको खेलमैदानमा जारि वडास्तरिय भेट्रान लिग फुटवल प्रतियोगिताको आज भएको उद्घाटन खेलमा वडा नं ८ र वडा नं २ विजयी भएका छन् । वडा नं २ को आयोजनामा भएको उक्त प्रतियोगिताको पहिलो उद्घाटन खेलमा वडा नं ९ लाई ३–० ले हराउँदै उडा नं ८ विजयी भएको थियो । वडा नं ८ का लागि इन्द्रमणी सुवेदिले २ तथा प्रकाश कार्किले १ गोल गरेका थिए ।

त्यस्तै आजै भएको दोश्रो खेलमा वडा नं ६ लाई ११–० को फराकिलो गोल अन्तरले हराउँदै वडा नं २ विजयी भएको थिायो । वडा नं २ का लागि विरेन साम्वा,शंकर राई,जोन सुब्बा, लालबहादुर लावति, किन्जो राई,मदन राई र राजु तिम्सीनाले गोल गरेका थिए । लगायतका खेलाडिले गोल गरेका थिए । नगद ५० हजार ट्रफि र मेडल प्रथम पुरस्कार राशि रहेको उक्त खेलका उपविजेताले नगद ३० हजारका साथै ट्रफि र मेडल प्राप्त गर्ने वडा नं २ का वडाध्यक्ष नैना राईले जानकारी दिए ।

प्रतियोगिता अन्तर्गत भोलिको खेल वडा नं १० र ५ तथा १ र ७ विच हुनेछ । खेलमा नगरका १० वटै वडाले सहभागिता जनाउनेछन् ।