जेनिथको वार्षिक उत्सव तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न

कानेपोखरी / मोरङको कानेपोखरी–६ स्थित रमाइलोमा रहेको जेनिथ इङ्लिस स्कुलको १५ औं वार्षिक उत्सव तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न गरेको छ ।

फागुन ३० गते सम्पन्न उत्सवमा सांस्कृतिक नृत्य साथै विविध कार्यक्रमको आयोजना गरी वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको हो ।

कार्यक्रमका प्रमुख अतिथि कानेपोखरी गाउँपालिका उपाध्यक्ष भोला प्रसाद अधिकारीले विद्यालयहरुले खर्च गरेर गरेको विभिन्न अतिरिक्त क्रियाकलापहरुले गर्दा विद्यार्थी र अभिभावकको मन खिच्ने गरेको बताए । उनले संस्थागत विद्यालय नभएको भए सरकारी विद्यालयले मात्र विद्यार्थीको भार थेग्न नसक्ने बताए । उनले भने–‘हरेक अभिभावकहरुले आफ्ना नानीहरुको भविश्य कहाँ पढाउदा उज्जल हुन्छ त्यहाँ पढाउने भनेर रोजाई हुन्छ । त्यो वातावरण संस्थागत विद्यालयहरुले बनाईदिएको बताए । समाजमा संस्थागत विद्यालयहरुको ठुलो शैक्षिक योगदान रहेको छ । कानेपोखरी गाउँपालिका क्षेत्र भित्रका संस्थागत विद्यालय र सरकारी विद्यालयलाई गाउँपालिकाले हेर्ने दृष्टीकोण एकै रहेको छ ।’

कार्यक्रमका विशिष्ट अतिथि वडा नं. ६ का वडा अध्यक्ष खड्ग बहादुर बस्नेले विद्यार्थीको पढाईसँगै हरेक क्रियाकलाप गर्ने हरेक चाहान हुन्छ, त्यो प्रदान गर्न सकिएन भने त्यो विद्यार्थीले आफ्नो प्रतिभा देखाउन नसक्ने बताए । अहिले जेनिथ स्कुले विभिन्न किसिमका कार्यक्रम मार्फत जुन प्रतिभा देखाउने काम विगत देखि गर्दै आइरहेको छ त्यसले पनि विद्यालय अभिभावकको रोजाईमा परेको अध्यक्ष बस्नेतले बताए । त्यस्तै संस्थागत विद्यालयहरुको तर्फबाट माउण्ट हर्मोन चिल्डे«न एकेडेमीका फाउण्डर एविन्द्र पाठकले मन्तव्य राखेका थिए ।

कार्यक्रममा स्थानीय समाजसेवी तथा जेष्ठ नागरीक बृद्विनाथ लम्सालद्रारा विद्यालयमा स्थापित ‘चन्द्रमाया आलेख स्मृती अक्षयकोष’ अन्तरगत विद्यालयले गरिव तथा जेहेन्दार विद्यार्थी कक्षा एलकेजीका छात्र नविन कटुवाल र कक्षा १ का जोनिसा माझीलाई प्रदान गरिएको थियो । उनिहरुलाई जनही रु १५ सय र १ दर्जन कापी प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि कानेपोखरी गाउँपाकिला उपाध्यक्ष भोला प्रसाद अधिकारी र अक्षयकोषदाता बृद्वीनाथ लम्सालले हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा विद्यालयले कक्षा प्लेग्रुप देखी कक्षा ८ सम्मका छात्राछात्रले शैक्षिक सत्र २०७९ सालमा प्रथम, द्धितीय र तृतीय हुनेहरुलाई पुरस्कार प्रदान गरेको थियो । कक्षा प्लेग्रुपबाट प्रथम युनिशा गुइदेल, द्वितीय समिक्षा कटुवाल र तृतीय केशवराज पराजुली रहेका छन् । त्यस्तै नर्सरीबाट प्रथम विकल्प मण्डल, द्वितीय साइमन गौतम र तृतीय रेस्मा बाँस्तोला रहेका छन् ।

कक्षा एलकेजीबाट प्रथम प्रशिका घिसिङ, द्वितीय रेविका अधिकारी, तृतीय एकता गुरागाई भएका थिए । त्यसैगरी कक्षा युकेजीबाट प्रथम रिजन थापा, द्वितीय सुप्रिया राइर््, तृतीय एकता गुराई भएका थिए । कक्षा १ बाट प्रथम प्रनिशा खनाल, द्वितीय रोस्नी बाँस्तोला, तृतीय रोजिसा श्रेष्ठ भएका थिए । त्यस्तै कक्षा २ बाट प्रथम अनुस्का माझी, द्वितीय स्नेह धिमाल, तृतीय सुहाङ्मा लिम्बु भएका थिए । त्यस्तै कक्षा ३ बाट प्रथम समिप बस्नेत, द्वितीय नितेश राई, तृतीय खुशी लिम्बु भएका थिए ।

त्यस्तै कक्षा ४ बाट प्रथम ओजस्वी पराजुली, द्वितीय अविशाना पराजुली, तृतीय शशी मण्डल भएका थिए । त्यस्तै कक्षा ५ बाट प्रथम अंकन श्रेष्ठ, द्वितीय प्रियंङ्का राई, तृतीय प्रकृती दुलाल भएका थिए । त्यस्तै कक्षा ६ बाट प्रथम पुष्पलाल गिरी, द्वितीय सोइच्छा कटुवाल, तृतीय मौसम लिम्बु भएका थिए । त्यस्तै कक्षा ७ बाट प्रथम आशिष गिरी, द्वितीय एन्जल खतिवडा, तृतीय रोहन कार्की भएका थिए । उनिहरुलाई कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष भोला प्रसाद अधिकारी र कार्यक्रमका सभाध्यक्ष अशोक फुयलले मेडल र प्रमाण–पत्र प्रदान गरेका थिए ।

कार्यक्रममा जुनियर तर्फ कक्षा युकेजीका छात्राछात्रले र सिनियर तर्फ कक्षा २ देखी माथीका छात्राछात्रले विभिन्न जातीय भेषभूषमा सजिएर जातीय भेषभूजा देखाएका थिए ।

कार्यक्रममा कक्षा ६ मा अध्ययनरत छात्रा प्रत्युसा गुरागाईको दम्दार वक्क्तित्वकला प्रस्तुती रहेको थियो । समाजमा महिला हिंसा सम्बन्धि विषय प्रस्तु गरेकी थिइन । प्रस्तुत विषयले उपस्थित अभिभावकहरुको आँखा रसाएका थिए । त्यस्तै कक्षा ६ का अंकन श्रेष्ठले र कक्षा ८ का एन्जेल खतिवडाले स्पिच प्रस्तुत गरेका थिए ।

कार्यक्रममा ‘आँखैमा राख्छु मेरो देश’ …….बोलको गीतले नृत्य गरी विद्यार्थीहरले अतिथि तथा अभिभावकलाई स्वागत गरेका थिए । कक्षा एकेजीका नानीहरुले ‘पानी मुनी माछा….’ र कक्षा युकेजीका विद्यार्थीहरुले ‘आमाले मिठो खाना दिनु हुन्छ …….’ बोलको गीतमा नृत्य गरेर अभिभावकको मन खिचेको थियो ।

त्यस्तै कक्षा १ का विद्यार्थीहरुले ‘जून त लग्यों ताराले…….’ बोलको गीत, कक्षा २ का नानीहरुले ‘बालखैमा दिल बस्यो……….’ बोलको गीत, कक्षा ३ विद्यार्थीहरुले ‘कालो चोली मखमली झलल………’ बोलको गीत, कक्षा ४ विद्यार्थीले ‘तिरीमिरी तिरीमिरी तीन तारा ………’ बोलको गीत, कक्षा ५ को विद्यार्थीले कौडा नृत्य ‘प्यारो लाग्छ जन्मभूमि, झन प्यारो लाग्छ संस्कृती…..’ बोलको गीतमा नृत्य गरेर मनोरञ्जन दिलाएका थिए ।

त्यस्तै कक्षा ६ का विद्यार्थीले ‘रापतीको माछीले …….’ बोलको गीत, कक्षा ७ र ८ का छात्राले ‘कहिले फुल बनी……’ बोलको गीत र ‘मेरो माया नौडाँडा पारी …’ बोलको गीत, कक्षा ८ का छात्राहरुले ‘भएको नाता तोड्यौं …’ बोलको गीतमा नृत्य गरेका थिए । त्यस्तै कक्षा ६ की प्रत्युसा गुरागाईले ‘बसन्त नै खोज्न खोज्छ यहाँ…..’ र कक्षा ४ की सोनिसा माझीले ‘सेवा ढोग…’ लगाएतका गीतमा नृत्य गरेका थिए ।

त्यस्तै विद्यालयका ९ जना शिक्षिकाहरुले ‘गैरी खेतको शिरै हान्यो……….’ मा नृत्य गरेका थिए । कार्यक्रममा नृत्य शिक्षक सन्तोष हिङमाङको ११ मिनेटको नृत्य प्रस्तुती रहेको थियो ।

कनेक्ट एजुकेशन सेन्टरद्रारा आयोजित प्रदेश स्तरीय हस्तलेखन प्रतियोगितामा सहभागि विद्यार्थीहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि कानेपोखरी गाउँपाकिला उपाध्यक्ष भोला प्रसाद अधिकरी, विशिष्ट अतिथि वडा नं. ६ का वडाध्यक्ष खड्ग बस्नेत रहेका थिए । अन्य अतिथिहरु स्थानीय समाजेवी मात्रिका प्रसाद खनाल, अक्षयकोष दाता बुद्विनाथ लम्साल, माउण्ट हर्मोन चिल्डेन एकेडेमीका संस्थापक सदस्य एविन पाठक, रमाइलो बालजगत बोर्डिङ स्कुलका निर्देशक सविन बस्नेत, बाल संसार इङ्लिस स्कुलका निर्देशक विद्यानन्द चौधरी, कालिस्थान नमूना इङ्लिस स्कुलका प्रिन्सिपल निर्मल फुयल, देवकोटा एकेडेमी इङ्लिस स्कुलका निर्देशक नन्दुराजवंशी, पत्रकार महासंघका कार्यवाहक अध्यक्ष मोहन भट्टराई, फोनिजका संघिय अनुसान आयोगका संयोजक अर्जुन जम्नेली राई, पत्रकार दुर्गश खतिवडा, विवेक खतिवडा र नृत्य शिक्षक सन्तोष हिङमाङ रहेका थिए ।

विद्यालय व्यवस्थापन समितिका सदस्य अशोक फुयलको सभाध्यक्षमा भएको कार्यक्रममा प्रिन्सिपल जयबहादुर राईको स्वागत मन्तव्य रहेको थियो । कार्यक्रमको उद्घोषण दिनेश सुब्बा र शिक्षिका मनिका मगरले गरेका थिए ।