प्रस्तावित पथरी रंगशालाको स्तरोन्नतीकार्य धमाधम

पथरी / मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. १ जाँतेमोडमा अवस्थित प्रस्तावित पथरी रंगशालाको स्तरोन्नति थालिएको छ ।

एक महिनाअघिदेखि पथरी शनिश्चरे नगर खेलकुद विकास समिति र पथरी ११ फुटवल क्लवको सहकार्यमा सो खेल मैदानको स्तरोन्नति थालिएको हो । मुख्य गरेर खेल मैदानमा झार उमार्ने कार्यलाई निरन्तर रुपमा दैनिक ६ घण्टा पानी हाल्ने कार्य भइरहेको नगर खेलकुद विकास समितिका अध्यक्ष दीपक राईले जानकारी दिए ।

सो खेल मैदानमा अहिले वरीपरी तार जालीले घेरिएको छ भने सय मिटर पश्चिमतर्फबाट पथरी खोलाको पानी डिप मोटरबाट खेल मैदानमा हाल्ने कार्य भइरहेको पथरी ११ का सचिव सुमन विकले जानकारी गराए ।

खेल मैदानमा हरेक दिन झार उमार्ने कार्यको अवलोकन भइरहेको पथरी ११ का प्रमुख सल्लाहकार भिष्म न्यौपानेले जानकारी दिए । रंगशालाको लागि जारजाली शान्ति सामुदायिक वन उपभोक्ता समितिले उपब्ध गराएको हो । आगामि ३ महिनासम्ममा खेल मैदानमा पूर्णरुपमा झार उमारि फुटवलको लागि योग्य बनाइने पूर्व खेलाडि समेत रहेका अध्यक्ष राइले बताए ।