आयोजक वाईएफसी फाइनलमा

पथरी / आयोजक यूथ फुटबल क्लब (वाइएफसी) छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण रिफुजी च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

आज भएको खेलमा भारतको कञ्चनजंघा फुटबल क्लब सिलिगुडीलाई २–१ गोल अन्तरले स्तब्ध पार्दै आयोजक वाइएफसीले फाइनलको यात्रा तय गरेको हो । निक्कै रोमाञ्चक खेलको ७ औं मिनेटमा वाइएफसीका लागि विदेशी खेलाडी ग्लोरीले पहिलो गोल गरे । आयोजक वाइएफसीको अग्रता धेरै समय टिक्न सकेन । कञ्चनजंघाका अभिषेक दर्जीले ११ औं मिनेटमा गोल फर्काउँदै टिमलाई १–१ गोलको बराबरीमा लगे ।

यसैगरी दोस्रो हाफको ५८ औं मिनेटमा आयोजक वाइएफसीका विदेशी खेलाडी योमीले निर्णायक गोल गर्दै आयोजकको फाइनल यात्रा निश्चित गराए । खेलको म्यान अफ दि म्याच विजेता टिमका योमी घोषित भए । भोलिको खेल भुटानिज यूथ क्लब बेलडाँगी झापा र बेलबारी फुटबल क्लब बिच दोस्रो सेमिफाइनल खेल हुने आयोजकका सुमन कुरुङबाङले जानकारी दिए ।