उषाको ‘भर्जिन जवानी’

काठमाडौं / उषा उप्रेती अभिनीत ‘भर्जिन जवानी’ गितको भिडियो सार्वजनिक गरिएको छ । आज (विहिवार) शुक्र तामाङ युट्युव च्यानलबाट उक्त गितको भिडियो सार्वजनिक गरिएको हो । राजु कोइरालाको शब्द रहेको उक्त गितमा दर्गा दाहाल साउदको स्वर तथा संगित रहेको छ ।

शुक्र तामाङको निर्माण रहेको म्युजिक भिडियोलाई सुरेश पाण्डेयले निर्देशन गरेका हुन् । गीतको भिडियोमा कोरियोग्राफी पनि स्वयंम निर्देशक पाण्डेय नै रहेको छ । गीतमा लक्षु प्रकाश मल्लको एरेञ्ज र दीप श्रेष्ठको मास्टरिङ तथा मिक्सिङ छ । भिडियोमा प्रिया नगरकोटीको मेकअप तथा हेयर, हिमाल श्रेष्ठको क्यामरा एसिस्ट, सौरभ लामाको छायाङ्कन, सौखिन तिमल्सिनाको सम्पादन, कलर र पोस्टर, जटा शंकरको आर्ट र कमल परियारको कोरियोग्राफी एसिस्ट रहेको छ ।

हेर्नुहोस भिडियो :