रेडस्टार माविको दुई दिने अभिभावक दिवस तथा वार्षिकोत्सव सम्पन्न

पथरी / मोरङको पथरीशनिश्चरे २ मा स्थापित रेडस्टार आवासीय माध्यामिक बिद्यालयको २ दिवसीय २८औं अभिभावक दिवस तथा वार्षिकोत्सव सम्पन्न भएको छ । उक्त अवसरमा विद्यालयले कक्षा पिजीदेखि कक्षा ४ सम्मको सोमबार र कक्षा ०५ देखि माथि कक्षा १२ र बिबिएस सम्मका विभिन्न तह र विधाहरूमा विजयी भएकाहरूलाई पुरस्कृत गरेको हो ।

पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापोले उद्घाटन गर्नु भएको सो कार्यक्रममा विद्यालयका निर्देशक तथा प्रिन्सिपल टिएन तिम्सिनाको सभाध्यक्षता रहेको थियो ।
कार्यक्रमका क्रममा शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख शालिग्राम काफ्ले,शिक्षा अधिकृत नवीन खुलाल बुढाथोकी, समेतले रेडस्टार माविले राज्यको शैक्षिक मापदण्ड अनुसार नै संस्थागत विद्यालयहरुमाझमा एक अब्बल दर्जा हासिल गर्दै शैक्षिक क्रियाकलापहरूको गरिरहेको र नगरपालिकाकै शिर उच्चो राख्ने गरी काम गरी रहेको बताउनुभयो । सोहि क्रममा विद्यालयका निर्देशक तथा प्रिन्सिपल टिएन तिम्सिनाले विद्यालयले वर्षभरि संचालन गरेका विभिन्न शैक्षिक क्रियाकलापहरूको सम्बन्धी कार्य प्रगति प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।

उक्त अवसरमा विद्यालयका आई एस ए को (ओडिनेटर तथा संस्थापक राजु तिमिल्सिना, वडा नं २,७ र ८ का वडाध्यक्षहरू क्रमशः नैना साम्पाङ राई, उद्धव राज बस्नेत, नवीनजंग कार्की, सामुदायिक विद्यालय महासंघ पथरीशनिश्चरे अध्यक्ष युवराज बास्कोटा, नेपाल शिक्षक महासंघका अध्यक्ष तथा पञ्चायत नमुना माविका प्राचार्य अर्जुन कुमार बुढाथोकी,भाईस प्रिन्सिपल बसन्त मादेन, विद्यालय ब्यवस्थापन समितिका सदस्य विजय डाँगी, किराँत एकेडेमीका प्रिन्सिपल सुजन बास्तोला, उद्योग वाणिज्य सङ्घका महासचिव अशोक साम्पाङ राई, लर्ड बुद्ध साकोसको अध्यक्ष धनराज राई , व्यवस्थापक गणेश कुमार राई , भागिरथ माविकी व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम कार्की, प्रधानाध्यापक जानकी चेम्जोङ , ईलाका प्रहरी कार्यालय पथरीका डिएसपी गणेश कुमार श्रेष्ठ, ग्रेट ग्रेस स्कुलकी संचालिका गीता लिम्बु श्रेष्ठ, लावण्य इन्टरनेसनलका प्रतिनिधि लगायतका अतिथिहरूको उपस्थिति थियो ।

उक्त वार्षिकोत्सवको पहिलो र दोस्रो दिन पिजीदेखि कक्षा (१२ सम्मका विद्यार्थीहरूले सुन्दर गायन , नृत्य , नाटक, जस्ता विभिन्न विधाहरूमा आफ्नो प्रतिभा प्रस्तुत गरेर अभिभावकहरूको मन जित्न सफल भएका थिए । सोहि क्रममा विभिन्न शैक्षिक तथा खेलकूद प्रतियोगिताहरुमा विजयी छात्र छात्राहरुलाई समेत पुरस्कृत गरिएको थियो। हिजो बिहान कक्षा ११ र १२ का छात्र छात्राहरुका लागि ईलाका प्रहरी कार्यालय पथरीको सहयोगमा लागुऔषध दुव्र्यसनी न्युनिकरण तथा झुट वोली अनुसन्धान सम्वन्धी सचेतना मुलक कार्यक्रम संचालन गरिएको थियो। ईलाका प्रहरी कार्यालय पथरीका डिएसपी गणेश कुमार श्रेष्ठले प्रहरीले झुठ बोलेको कसरी थाहा पाउँछ र लागू औषध दुव्र्यसनी सम्बन्धी सचेतनामूलक सहजीकरण गर्नुभएको थियो ।