प्रहरी निरीक्षक ढकालको सक्रियताले सफलता पाउदै

सुन्दरहरैंचा । ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा तस्करी तथा अवैध कारोबार नियन्त्रण गर्न प्रहरी निरीक्षक ऋषीराज ढकालले सक्रिय भूमिका निर्वाह गरिरहेका छन । ढकालको सक्रियताले उदयपुर बेलका नगरपालिका ५ जहडा स्थित मदन भण्डारी लोकमार्ग सडक खण्डबाट प्रहरीले बिहिबार ठूलो परिमाणमा सुपाडीसहित तीन जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सीला र प्रहरी चौकी लालबजार उदयपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा प्र१–०१–००१४१०३ नम्बरको मातृ भाग्यरेखा यात्रु बाहक बसमा कर छलीगरी अबैध रुपमा ल्याउदै गरेको काचो सुपाडी ५९ बोरामा अन्दाजी तीन हजार केजी बरामद गरेको उदयपुर प्रहरीले जनाएको छ ।

बरामद गरेको अवैध सुपाडीसहित भारत दार्जेलिङ जिल्ला खोरीवारी थाना पानीट्याङ्की बस्ने बर्ष ४४ का निलकान्त सिंह , सोही ठाउँका ४४ वर्षे दुलाल देही , बर्ष ६४ कासंजय राजवंशीलाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

त्यस्तै प्रहरी निरीक्षक ढकालकै सक्रियतामा प्रहरीले जबरजस्ती करणीका फरार अभियुक्त विलइन्द्र राईलाई पक्राउ गर्न सफल भएको छ भने छ वर्ष अगाडि कर्तव्य ज्यान मुद्दामा फरार रहेका कृष्ण सदालाई पक्राउ गरि आवश्यक कानुनी दायरामा ल्याएको छ ।

ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सीलामा प्रहरी निरीक्षक ढकाल आएपछि फरार अभियुक्त, अवैध सामन र चोरी तस्करीमा संलग्न प्रतिवादीहरुलाई पक्राउ गरी कानुनी कारवाहीको दायारमा ल्याउन सफल भएका छन् । प्रहरी निरिक्षक ढकालले यस्ता गतिविधिलाई नियन्त्रण गरि प्रहरीको काबुभित्र राख्न थालेसंगै जनताले सुरक्षाको थप अनुभूति गर्न थालेका छन् ।

प्रहरी निरिक्षक ढकाल रामपुर ठोक्सिलाबाटै नेपाल प्रहरीले दिने उत्कृष्ट प्रहरी पुरस्कारबाट कार्तिक महिनाको सर्वोकृष्ट प्रहरीबाट सम्मान समेत भईसकेका छन । पछिल्लो समय अवैध रुपमा हुने क्रियाकलापको भण्डाफोर गर्न आफु लागिपरेको प्रहरी निरीक्षक ढकालले बताएका छन ।