सुकुना क्याम्पसमा मुक्तक वाचन प्रतियोगिता सम्पन्न

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा रहेको सुकुना बहुमुखी क्याम्पसमा शुक्रबार क्याम्पसमा अध्ययनरत विद्यार्थीहरू बिच मुक्तक वाचन प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । अतिरिक्त क्रियाकलाप समिति र नेपाली विभाग अन्तर्गतको अतिरिक्त क्रियाकलाप उपसमितिको आयोजनामा उक्त प्रतियोगिता सम्पन्न भएको हो ।

विदुर सुवेदीको अध्यक्षतामा सञ्चालन भएको मुक्तक वाचन प्रतियोगितामा क्याम्पसमा अध्यनरत २४ जना सर्जक विद्यार्थीहरूले प्रतियोगितात्मक मुक्तक वाचन गरेका थिए ।कार्यक्रममा प्रमुख अतिथिका रुपमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारीले कार्यक्रमको उद्घाटन गर्दै क्याम्पसले प्रतिभा प्रस्तुतिका लागि महत्वपूर्ण स्थान दिनेगरी काम गरिरहेको बताएका छन् ।

नेपाली विभागका प्रमुख गेहेन्द्र खनालले कार्यक्रमको औचित्य र महत्व प्रस्तुत गर्दै शिक्षक सोमा बस्नेतले स्वागत मन्तव्य प्रस्तुत गरेकी थिन। क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले प्रत्येक दुई/दुई महिनामा यस्ता साहित्यिक कार्यक्रम गरेर विद्यार्थीहरूको क्षमता प्रस्फुटन गर्न क्याम्पसले जोड दिने बताए । प्रतियोगितामा प्रथम दिलकुमार सुयल‚ द्वितीय सत्तिस कार्की‚ तृतीय एलिना थापा र सान्त्वना पुरस्कार सज्जल भट्टराईले प्राप्त गरेका छन ।




Leave a Reply

Your email address will not be published.