भारतिय लहरी पल्टिदा तीन बालबालिकाको मृत्यु  

बुढिगंगा । मोरङको बुढिगंगा गाउँपालिका-४ नेमुवामा सवारी दुर्घटना हुँदा तीनजना बालबालिकाको मृत्यु भएको छ । आज बिहान ८ बजे मार्वल लोड गरेको RJ 29 GB 1561 नंबरको भारतिय लहरी नेमुवाबाट कोयलपुर तर्फ जाने क्रममा पछाडीको डाला अचानक पल्टिदा तीनजना बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सडक छेउमा रहेको स्थानीय जोती अधिकारीको घर भित्र रहेका स्थानीय ५ बर्षीय निशान अधिकारी, ५ बर्षीया ईसिता अधिकारी, ७ बर्षीया रिया खवास र ५५ बर्षीय जोती अधिकारी घाईते भएका थिए ।

घाईतेहरुको उद्धार गरी तीन जना बालबालिकालाई उपचारको लागी कोशी अस्पताल बिराटनगर पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो । अर्का घाईते अधिकारीको बिराट टिचिङ अस्पतालमा उपचार भईरहेको तथा घटनामा संग्लग्न चालक तत्काल फरार रहेकोले खोजतलास भईरहेको र घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।