चौतारीका उपाध्यक्ष अधिकारी लापत्ता

दमक / प्रेस चौतारी नेपाल माइपश्चिम क्षेत्रीय कमिटीका उपाध्यक्ष लक्ष्मी अधिकारी विहेको तिथीमितिकै दिन लापत्ता भएका छन् । कमल ६ दहचौक घर भएका उनी शनिवार विहानदेखि विवाहकै अघिल्लो दिन एकाएक बेखबर भएका हुन् ।

स्रोतका अनुसार तेह्रथुमकी एक जना युवतीसंग विवाहको मिति आज नै तय भएको थियो । विहेका लागि जन्ती जान घर भरि नातागोता ,आफन्तहरु अधिकारीको घरमा भेला सकेका थिए । तर, वेहुला केटो नै विहानै देखि सम्पर्कविहीन भएपछि विहेनै भाडिन पुगेको छ । दमकको संयुक्त कलाकर्मी सहकारीमा काम गरिआएका अधिकारी लापत्ता भएको खबर केटी पक्षले थाहा पाएपछि केटी पक्षले यस विषयलाई कानुनी रुपले उठाउने तयारी गरेको बुझिएको छ ।

पत्रकारितामा काम नै नगरेका उनलाई चौतारीले केवल सदस्यता संख्या बढाउन उद्देश्यले कमिटीमा समावेश गरेको थियो । चौतारीकै एक जना अगुवाले ती अधिकारीलाई संगठनको नाममा पैसा संकलन लगायतका गतिविधिमा जिम्मेवारी दिदैआएको बताउँछन् । उनकै सदस्यताका विषयलाई चौतारीले नेपाल पत्रकार महासंघमा समेत लफडा मच्याउदैआएका थिए । लापत्ता अधिकारीले कुनै अन्य केटी लिएर हराएको हुन सक्ने अनुमान गरिएको छ ।