बेलबारीमा बेवारिसे शव फेला

बेलबारी । मोरङको बेलबारी नगरपालिकामा शुक्रबार एक पुरुषको बेवारिसे शव फेला परेको छ ।

बेलबारी नगरपालिका वडा नं १ मा अन्दाजी ६० वर्षको पुरुस्सको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले तत्काल पहिचान हुन नसकेको जनाएको छ ।

ईलाका प्रहरी कार्यालय बेलबारीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।