पथरी उद्योग वाणिज्य संघको महासचिवमा अशोक साम्पाङको उम्मेद्धवारी

पथरी / पथरी उद्योग बाणिज्य संघको महासचिव पदमा होटल ब्यवसायी तथा संघका पूर्ब महासचिव अशोककुमार राईले आफनो उम्मेद्धवारी घोषणा गरेका छन । फागुन ७ गते हुन लागेको पथरी उद्योग बाणिज्य संघको १९ औं चुनावि साधारणसभामा महासचिव पद्मा उनले आफनो उम्मेद्धवारी घोषणा गरेका हुन ।

११ औं चुनावि साधरणसभामा धनकुमार तामाङ अध्यक्ष पदमा विजयी हुँदा राई बाणिज्य सचिव र १४ औं साधरण सभाबाट दिपक बस्नेत अध्यक्ष पदमा बिजयी हुँदा महासचिव पदमा बिजयी भएका थिए । साम्पाङलाई नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा माओबादी केन्द्र, नेकपा एकिकृत समाजबादी, राप्रपा, रास्वपा, जसपा, सहित ८ दलको समर्थन  रहेको बुझिएको छ । संघको महासचिव पदमा रहंदा इलाका प्रहरी कार्यालय पथरीमा डिएसपीको कमाण्डमा ल्याउन पहल गरेको र आन्तरिक राजस्व कार्यालयको स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेका थिए ।

उनले उद्योग बाणिज्य संघको जग्गा खरिद गरेर भवनको २ तला निर्माणको लागी काम गरेका थिए । आफुलाई संघको महासचिव पद्मा विजयी गराए भवन निर्माण सम्पन्न गरेर आफनै कार्यालयबाट कार्य संचालन गर्ने प्रतिबद्धता जनाए । संघको आजिवन सदस्य रहेका राईले संघको भवन निर्माण गर्न २ लाख रुपैयाँ सहयोग गरेको अभिलेख छ । कोभिडको महामारीको बेला साना ब्यापारीहरुलाई बिना धितो र निरब्याजी कर्जा परिचालनको उदाहरणिय काम गरेर प्रशंसा पाएका थिए । संघका लागि व्यक्तिगत स्रोत साधन खर्चिएर भएपनि काम गर्ने गुण उनमा भएको कारण पनि उद्योग वाणिज्य संघमा साम्पाङलाई जिताउनुपर्ने व्यवसायीहरु बताउँछन् ।

संघको संचालक समिति र लेखा समितिका लागि आज (शुक्रबार) बिहान ११ बजेदेखी दिउसो ४ बजेसम्मा मनोनयन दर्ता हुने निर्वाचन समितिले कार्यतालिका सार्वजानिक गरेको छ ।